२०८१ जेठ ३ , बिहिवार

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छः मुख्यमन्त्री अधिकारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय पूँजी निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण रहेको भन्दै संविधानप्रदत्त श्रमअधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध हरेको बताउनुभयो । “स्वदेशमै रोजगारी सिर्जना गरी नेपाली युवालाई विदेश पलायनहुनबाट रोक्न प्रदेश सरकार रोजगारदासँग आवश्यक सहकार्य र सहजीकरणका सँगसँगै अगाडि बढ्न तयार छ । त्यसैगरी पर्याटकीय राजधानीका रूपमा रहेको पोखरामा पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सरकार सबैसँग हातेमालो गर्नचाहन्छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । समृद्ध प्रदेश स्वरोजगारका कार्यक्रम ल्याएर युवालाई स्वदेशमै श्रम गर्ने वातावरण बनाउनका लागि आफूले हरसम्भव प्रयास गर्ने यहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै, नेकपा .(माओवादी केन्द्र) की नेतृ गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । उहाँले समान काममा लैङ्गिक आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मजदुर नेता मुरारी शर्माले मजदुरहरु हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।यसअघि पोखराको बसपार्कर्वबाट श्रमिकहरुसहित ¥याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, मङ्हगी नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारालगाइएका थिए ।   रासस