२०८१ कार्तिक १६ , शुक्रवार

एनआईसी एशिया लघुवित्तद्वारा शाखामा गरिएको आक्रमणको भर्त्सना

Capture

सुनाखरी न्युज/ काठमाडौं।

मिति २०८१ जेष्ठ १ गते मंगलबारका दिन दिउँसो करिब १:१० बजे यस एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय परवानीपुर, बारामा करिब २०–३०जनाको अराजक तथा उच्छरिङखल समुहले शाखा कार्यालय भित्रप्रवेश गरी शाखामा कार्यरत कर्मचारीहरु लाईडर, धम्की तथा त्रास पैदा गर्दै शाखा प्रमुख तथा कर्मचारीहरु माथि ज्यान मार्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहार समेत गरेको तथा कार्यालय प्रयोजन काटेबल,कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गरेको, कार्यालयको दराजमा रहेको सदस्यहरुको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरु, सदस्यहरुका व्यक्तिगत फाईलहरु, दैनिक वित्तीय कारोवारमा भौचरहरु तथा नगदी रसिदहरु र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट गर्ने जस्ता अत्यन्त निन्दनीय, गैर कानूनी तथा अभद्र कार्यहरु गरेको साथै शाखा कार्यालयमा ताला समेत लगाई अराजक र असभ्य क्रियाकलापहरु गरेको घटनाको संस्थाले घोर भत्र्सना गरेको छ ।

वित्तीय सेवा प्रवाह गरिरहेको दिउँसोको समयमा नेपाल सरकारको अति आवश्यकिय क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरु माथि भएको भौतिक आक्रमण, वित्तीय संस्थाको सम्पत्तीमा पर्न गएको क्षति तथा जोखिममा संलग्न सम्बन्धित समुह तथा व्यक्तिहरुलाई कडा भन्दा कडा कानूनी कारवाहिको माग गरेका छन।नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस वित्तीय संस्थाले विधिको शासन तथा नियामक निकायबाट प्राप्तनीति तथा निर्देशनको परिधीमा रहि काम कारवाहिहरु गर्दै आईरहेको साथै खराब ऋणीहरुलाई संस्थाको कर्जा असुलीनीति, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको नीति नियमको परिधीमा रहि कालोसूचीमा समावेस गरिएकोमा हुलहुज्जत गरी आफ्नै हिसावले कालोसूचीमा समावेस किन गरेको?तत्काल कालो सूचीबाट हटाउ भन्दै कर्मचारीहरु माथिडर, धम्की तथा त्रास पैदा गर्दै कर्मचारीहरु माथि ज्यान जोखिम पर्ने गरी भौतिक आक्रमण तथा अभद्र व्यवहारका साथमा आमजनमानसमा समेत भ्रमतथा अराजकता फैलाएको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

यसरी संस्थातथा संस्थामा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी सुनियोजित रुपमा सांघातीक आक्रमण गर्नु, नियामक निकाय तथा संस्थाको नीतिनियम प्रति पूर्ण बफादार रहि वित्तीय सेवा प्रवाह गरिरहेको संस्था तथा कर्मचारीहरु माथि दिन दहाडै खुलेआम राज्यको कानूनलाई समेत चुनौती दिदै गरिएको अमानविय तथा उच्छृङ्खल गतिविधि कुनै एक संस्था तथा कर्मचारी प्रति नभई समग्र बैंक तथा वित्तीय संस्था तथा कर्मचारीहरु प्रति रहेकोले यस प्रकारका अराजक गतिविधिले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने दैनिक काम कारवाहिमा असहज परिस्थिति पैदा हुने हुँदा यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरी अति आवश्यकिय सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पु¥याई दिनु हुन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानिय सरकार तथा सम्बन्धित अन्य निकायहरुमा अनुरोध गरे ।

ग्राहक र संस्था बिचमा सुमधुर सम्बन्ध कायम गरी सदस्य संरक्षणलाई मूख्यःप्राथमिकतामा राखि वित्तीय तथा गैरवित्तीय सेवाप्रवाह गर्न लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरु तथा सदस्यहरुमा जानकारी गराए । साथै यस्ताखाले घटनाहरुबाट कत्तिपनि विचलितन भई आगामी दिनहरुमा समेत नियमित र निरन्तर रुपमाग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवाउपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे।