२०८१ जेठ ४ , शुक्रवार

 पतञ्जलीका १४ जडीबुटी औषधिको लाइन्सेन्स रद्द

patanjali_YQ60Bf0O8Y

 

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको उत्तराखण्ड सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सुप्रिम कोर्टलाई बताएको छ। उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै लाइसेन्स खारेज गरेको हो।रामदेव, पतञ्जलिका महाप्रबन्धक आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध लागू औषध तथा जादुई उपचार ऐन उल्लङ्घन गरेको भन्दै आपराधिक उजुरी पनि दायर गरिएको छ ।

 

लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वासारी गोल्ड, स्वासारी वाटी, ब्रोन्कोम, स्वासारी प्रवाही, स्वासारी अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट, आईग्रिट गोल्ड र पतञ्जलि दृष्टि आई ड्रप पनि समावेश छन् ।यसअघि पतञ्जलीविरुद्ध इन्डियन मेडिकल एसोसिएशनले सन् २०२२ मा आधुनिक चिकित्सा प्रणालीलाई बदनाम गराएको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो ।

यो मुद्दाको सुनुवाइमा रामदेव र आचार्य बालकृष्ण उपस्थित नभएपछि अदालतले अवहेलनाको मुद्दा चलाएको छ । सर्वोच्च अदालतमा पतञ्जलीसँग जोडिएको दिव्य फार्मेसीको रक्तचाप, थाइराइडलगायतका औषधिको विज्ञापनविरुद्धको मुद्दासमेत विचाराधीन छ ।