२०८१ बैशाख ३० , आइतवार

शंखमुलको दोभान चोकमा आगलागी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं शंखमुलस्थित आगलागी भएको छ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ ।ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए।