२०८१ बैशाख २३ , आइतवार

बुहारी करणी गर्ने ४१ वर्षीय ससुरा पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

धारिलो हतियार देखाई बुहारीमाथि करणी गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ । गोरखाको सिरानचोक गाउँपालिका-८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

उहाँका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई बुहारी नाता पर्ने नाम परिवर्तित ध कुमारीलाई जबरजस्ती करणी गरेको आरोपमा पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी सिरानचोक – ८ बाट पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।