२०८३ कार्तिक १० , सोमवार

ससुराली गएका व्यक्तिद्वारा धारिलो हतियार प्रहार, श्रीमतीसहित चारजना घाइते

akraman_Naindra-kumar-rai-750×430

सुनाखरी न्युज/ काठमाडौं ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् । घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।

बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् । प्रहरीका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ । हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।