२०८१ बैशाख २२ , शनिवार

हत्या गरेको अभियोगमा पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।