२०८१ बैशाख २३ , आइतवार

उपनिर्वाचनको लागि आज रातिदेखि प्रचारप्रसार गर्न नपाइने

niribachan

सुनाखरी न्युज/ काठमाडौं ।

१५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।