२०८१ बैशाख २२ , शनिवार

उपनिर्वाचन, २०८१ मा मतदाताको पहिचान गर्ने प्रमाणपत्र

niribachan

सुनाखरी न्युज/ काठमाडौं।

निर्वाचन आयोगको आज मिति 2081 वैशाख 10 गते सोमबार बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, द्दण्डज्ञ मा मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा देहाय बमोजिम गर्ने निर्णय गरेको छ ।

देहाय
संवत् 2081 साल वैशाख 15 गते शनिवारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता

नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्‍कल प्रमाणका आधारमा अन्तिम मतदाता

नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने ।