२०८१ बैशाख १९ , बुधवार

गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय,सभामुखलाई दिए पत्र

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले सर्वाेच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको हो ।बैठक सञ्चालन नगर्न सभामुखलाई कांग्रेसले आग्रह पनि गरेको छ ।

‘विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटिपूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीतसमेत हुने भएकाले प्रदेश सभा बैठक सञ्चालन नगर्न/नगराउन अनुरोध गर्दछौँ,’ कांग्रेसले भनेको छ ।