२०८१ बैशाख २० , बिहिवार

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

१६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका(११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

तामाङले ती किशोरीलाई सोही नगरपालिका(११ सालबारीस्थित होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।