२०८१ बैशाख १९ , बुधवार

जलिरहेको अवस्थामा युवतीको शव फेला

death

 

सुनाखरी न्युज/ काठमाडौं ।
जनकपुरमा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ। युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शव महोत्तरीको मनरासिसा नगरपालिका(२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।