२०८१ बैशाख १८ , मंगलबार

लामो समय पछि सहकार्य गर्दै प्रदीप र सुदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर सुदर्शन थापाले नयाँ लभस्टोरी फिल्म निर्देशन गर्ने भएका छन् । मंगलबार निर्माता तथा निर्देशक थापा र अभिनेता खड्काबीच लिखित सम्झौता भएको छ ।

निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’पछि अर्को एक फिल्म गर्ने तयारीमा छन् । जसको अभिनेताको रूपमा प्रदीप अनुबन्धित भएका हुन् । सुदर्शन थापाको नयाँ बन्ने फिल्ममा आफू अभिनेताको रूपमा अनुबन्धित भएको अभिनेता प्रदीपले बताए ।

फिल्मको नाम अहिले फाइनल नभएपनि कथा मनपरेर आफू जोडिएको प्रदीपले सुनाए ।यसअघि यी दुईजनाले आठ वर्षअघि रिलिज भएको लभस्टोरी फिल्म ‘प्रेमगीत’मा सहकार्य गरिसकेका छन् ।