२०८१ जेठ ८ , मंगलबार

रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल एसबिआई बैंक लि. रेमीटेन्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैशाख १४मा गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लि. लाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसा पत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ज्युले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे ज्युलाई प्रदान गर्नूभएको थियो ।

आर्थिक वर्ष २०७९/०८०भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेष्ण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।