२०८१ बैशाख १७ , सोमवार

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

डिजिटल बंैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमाआकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।वैशाख ७गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस(POS) मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढिमा रु १७० क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यानगरि भुक्तानी गर्ने ग्राहकहरुको लागिपनि रु ५०० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत बैंकले गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।