२०८१ जेठ २ , बुधवार

फिल्म‘मनसरा’को ‘झ्यालको’गीत सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को मर्मस्पर्शी गीत ‘झ्यालको’ युट्युवमा सार्वजनिक भएको छ । झुमा लिम्बुद्वारा संगीतबद्ध गीतले मानवीय अन्तस्करणको प्रेमिल भावलाई व्यक्त गर्छ ।

यो गीतमा हर्क साउदका शब्द छ । स्वरमा झुमा र सनुप पौडेलले सहकार्य गरेका छन् । आवाजको मिठास र शब्दको अनुभूतिले गीतलाई कर्णप्रिय तुल्याएको छ ।गीतमा चरित्र र उनको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ ।

यो फिल्मले अन्तर्जातिय र विवाहेत्तर सम्बन्धको जटिलता र आयामलाई पस्किएको छ । फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको शीर्ष भूमिका छ ।