२०८१ बैशाख १७ , सोमवार

साहित्यकार प्रकट पंगेनीको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रुपमा परिचित साहित्यकार प्रकट पंगेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार दिउँसो सवा १२ बजे मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित सेती नदीको फूलबारी घाटमा पगेनीको दाहसंस्कार गरिने भएको छ। ६८ वर्षीय पंगेनी निमोनिया लगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।