२०८१ बैशाख १७ , सोमवार

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।  रासस