२०८१ बैशाख १७ , सोमवार

पूर्वी सहरमा फिल्म प्रवर्द्धन गर्न दयाहाङ र आँचल निस्किए

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘डिग्री माइला’ हलमा प्रदर्शनरत छ । सुरुवाती तीन दिनमा ३ करोड ८२ लाख रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको भनिएको फिल्मले काठमाडौं र उपत्यकाबाहिर राम्रै कमाइ गरेको छ ।

काठमाडौंभन्दा बाहिरका सहरमा कमाइ उत्कृष्ट रहेको निर्माताले बताएका छन् । पूर्वी नेपालका सहरमा फिल्मको कमाइ अन्यत्रमाथि भन्दा माथि रहेको बाँसुरी फिल्म्सले जनाएको छ ।

यसैबीच पूर्वी सहरमा फिल्म प्रवर्द्धन गर्न दयाहाङ राई, आँचल शर्मा, विजय बराल, कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टोली मंगलबार त्यसतर्फ लागेको छ ।

दर्शकसँग भेटेर प्रतिक्रिया बुझ्ने तयारीसहित फिल्मको टोली त्यसतर्फ लागेको हो ।यो भेटघाट विराटनगरदेखि सुरु भएर बिर्तामोडमा पुगेर टुंगिने जनाइएको छ ।