२०८१ बैशाख १७ , सोमवार

अष्ट्रेलियाको सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको थियो घटनामा आक्रमणकारीको निशाना महिला नै भएको देखिएको प्रहरीले बताएका थिए।उक्त घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन तर चार जना घाइते भएका छन् ।

अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो । एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए ।

प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए । घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।