२०८१ बैशाख १९ , बुधवार

वैवाहिक बलात्कारका आरोपी पूर्वन्यायाधीश गिरी कारागार चलान

Capture

सुनाखरी न्युज/ काठमाडौं।

वैवाहिक बलात्‍कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्।सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् ।गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मंसिरदेखि कानुनी लडाइँ लड्दै आएकी थिइन् ।