२०८१ बैशाख २३ , आइतवार

वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

वैशाखको लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्।व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२५ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका बैंकहरूले वैशाखको लागि औसत ७.०७ प्रतिशत दिने भएका हुन्।

बैंकरूमा बढ्दो निक्षेप र घट्दो कर्जा लगानीको कारण ब्याजदरहरू समायोजन भइरहेका छन्।वैशाखको लागि दुई बैंकले भने ब्याजदर बढाएका छन्। ब्याजदर बढाउनेमा एनएमबी बैंक र एभरेष्ट बैंक छन्।

अहिले सबैभन्दा धेरै ब्याज पनि एनएमबी बैंकबाटै पाइने भएको छ।कृषि विकास बैंकले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ।

बैशाख महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा):

बैंक वैशाखको लागि ब्याजदर (प्रतिशतमा) चैतको ब्याजदर (प्रतिशतमा)
एनएमबि ७.९७
एनआइसी एसिया ७.७५ ८.५४
सिटिजन्स् ७.५ ७.७५
हिमालयन ७.५ ७.५
कुमारी ७.२६ ७.५१
माछापुच्छ्रे ७.२५ ७.७५
नबिल बैंक ७.२५ ७.२५
सिद्धार्थ ७.२५ ७.५
प्राइम कमर्सियल ७.१ ७.२५
सानिमा ७.१ ७.२५
प्रभु ७.५
लक्ष्मी सनराइज ७.५
ग्लोबल आइएमई ७.६
स्ट्यान्डर्ड चार्टर्ड
एभरेष्ट ६.५
नेपाल इन्भेष्टमेन्ट
नेपाल बैंक ६.७५
राष्ट्रिय वाणिज्य बैंक ६.५५
नेपाल एसबिआइ ६.५३ ७.०१
कृषि विकास बैंक ५.६६ ५.६६
औसत ७‍‍‍‌.०७ ७‍.२५