२०८१ जेठ ६ , आइतवार

धोवीखोलाको सरसफाइ (फोटो फिचर) 

dhobikhola_7_nq88j4x0hd

सुनाखरी न्युज  / काठमाडौं ।

हरियो ज्याकेट लगाएर मान्छेहरु खोलामै पसेर काम गरिरहेको दृष्य अहिले राजधानीको सेतोपुलदेखि एक टोली र अनामनगरदेखि माथि एक टोली देख्न सकिन्छ । गत चैत १८ गते देखि धोबीखोला अथवा रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको थियो ।

 

श्रम बैङ्कबाट लिइएको ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो । सफाइ हरेक दिन बिहान ७ बजेदेखि अपराह्न २ बजेसम्म हुनेछ । पहिलो चरण अन्तर्गत खोलाको फोहोर उठाएर छेउ मा जम्मा गर्दै आएको छ । फोहोर पूर्ण रूपमा जम्मा गरिसकेपछि डोजर लगाएर फोहोर झिकिने छ । काठमाडौँमा मुख्य ९ वटा नदी छन् । सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।

 

यी मध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ । यीमध्ये बागमतीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यस बाहेकका आठ वटा खोलाको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।