२०८१ बैशाख २० , बिहिवार

सिन्धुलीमा एनसेल टावरमा बम विस्फोट

bom

 

 

सुनाखरी न्युज /  काठमाडौं ।

 

सिन्धुलीमा बम विस्फोट भएको छ। कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको हो। गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो ।

 

विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । डिएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् ।

 

विष्फोटका कारण टावरको विद्युतीय तारलगायत उपकरणमा समान्य क्षति भएकाले टेलिकम सेवामा भने असर नभएको प्रहरीले जनाएको छ ।