२०८१ जेठ ६ , आइतवार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काललाई रोकियो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकिएको छ । बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्ने गरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएकोमा हाललाई स्थगित गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम छ । अर्थमन्त्री फर्किएपछि मात्रै प्रक्रिया अघि बढ्नेगरी हाललाई कार्यायोजना प्रस्तुत गर्ने कार्य स्थगित भएको स्रोतको भनाइ छ ।

छनोट समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । ‘सर्टलिस्ट’ कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ परेका छन् ।