२०८१ जेठ ६ , आइतवार

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । त्यसक्रममा केही पक्राउ परेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’ उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।