२०८१ बैशाख ३१ , सोमवार

उपनिर्वाचनका लागि इलाम र बझाङका विद्यालयमा दुई दिन सार्वजनिक बिदा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ ।

यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।त्यसैले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा ३ दिन विद्यालय बन्द हुनेछ ।