२०८१ बैशाख ३० , आइतवार

स्किल वीक२०२४ को समापन समारोहमा ५जना व्यक्तित्व स्किल हिरो अवार्डबाट सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

स्किल वीक २०२४ पाँचौं संस्करण समापन समारोह आज आईतवार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन गरियो।कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति भएको थियो।

स्किल वीकएक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो। कलकारखाना, शैक्षिक संस्थाएवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखीलिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम ३१ मार्च देखि ०८ अप्रिलसम्म सन्चालन भएको थियो ।

यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी एवम Dual VET/ Apprenticeship रहेका थिए।यसैबिच यिनै पाँच बिधामा पाँच अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२४ उपाधीबाट सम्मानित गरिएको थियो ।पहिलो स्तम्भ अर्थात् कला र संस्कृतिका लागि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)दुई प्रसिद्ध दिग्गज कलाकारलाई समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको मार्फत बाट हाँस्यब्यङ गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो ।

नेपाली जीवनमा उहााँहरुको मनमोहक हास्यले हरेक उमेर समूहलाई मनोरञ्जन दिएको छ र यी जोडीले आफ्नो जीवनको दुई दशकभन्दा बढी समय चलचित्र, टेलिभिजन शृङ्खला र नाटकहरूमा हास्य र हृदय छुने भावनाहरू मार्फत सचेतना अभियानको हस्ताक्षर शैली सिर्जना गर्न समर्पित गरेका छन्।त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालज्युलाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ । उहाँ समुदाय, शिक्षा र उद्यमशीलतालाई सँगै ल्याउन काम गर्ने शिक्षक हुनुहुन्छ। विद्यार्थी भवनबाट बाहिर निस्कँदा, वास्तविक समस्यासँग खेल्दा, सिकाइलाई प्रतिबिम्बित गर्ने, सहकर्मीहरूसँग छलफल गरेर सिकाइलाई व्यवहारमा लागू गर्दा वास्तविक सिकाइ हुन्छ भन्ने उनको दृढ विश्वास छ।

यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाकालागि पर्यटन सम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष सुश्री छाया शर्मालाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन्, जुनसार्क क्षेत्रबाट हस्त शिल्पका लागि खुद्रा आउटलेट हो । महिला सशक्तिकरणको लागि रुट गर्दै, उनले नेपालम हिला उद्यमी संघ FWEANको स्थापना गरिन् ।त्यस्तै, विज्ञान तथा प्रविधि विधा माडा भगवान कोइराला पुरस्कृत भएका छन् । डा. कोइराला कार्डियोथोरासिक सर्जन, प्राध्यापक र सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा ओपन–हार्ट सर्जरी सुरु गर्ने नेपाली शल्य चिकित्सकहरूको टोलीको नेतृत्व गर्नका लागि परिचित छन्।

यस वर्ष, हामीले अप्रेन्टिससिप विषय वस्तु प्रस्तुतग¥यौं, र Apprenticeship विधामा सुश्री पुष्पा चौधरीलाई पुरस्कृत गरियो।सुश्री चौधरी एक योग्य शेफ हुन् जसले होटल व्यवस्थापनमा आफ्नो सीप र क्यारियर प्रदर्शन गरिसकेकी छिन्।सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एव मनव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “Strategic Alliance for Greater Impact” एवम दोस्रो प्यानलमा छलफल “The World of Work – Building a Resilient Future for Youth in Nepal”िशीर्षकमा आयोजना गरिएको थियो।कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा सन्चालन भएको थियो। हामीँ FNCCI र नेपाल चेम्बर अफकमर्स द्वारा अनुमोदित स्किल सप्ताहको सहकार्य घोषणा गर्न पाउँदा खुसी छौं । रणनीतिक साझेदारको रूपमाEuropean Union, भारतीय दूतावास,UNHCR, स्विस एजेन्सी; ENSSURE, र काठमाडौं महानगरपालिका रहेका छन् । होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा;पहल साझेदारको रूपमासोल्टी काठमाडौं; गोल्छा ग्रुपद्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमायति एयरलाइन्स; टेक पार्टनरको रूपमानियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमाकिंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पिआर साझेदारको रूपमा प्रिज्मा एड्भर्टाइजिङ; आउटरिच पार्टनरको रूपमाENSSURE र डिजिटल मिडिया पार्टनरको रूपमाव्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।