२०८१ बैशाख २० , बिहिवार

गैँडाको आक्रमणबाट ९० वर्षिया वृद्धाको मृत्यु

OIP

 

सुनाखरी न्युज/ काठमाडौं ।

नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कावासोती नगरपालिका वडा नं। १० रतवलकी ९० वर्षीया जगरीमाया महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउँको कृष्णसार मध्यवती सामुदायिक वनमा भेँडा चराउने क्रममा गैँडाले हानेर महतोलाई घाइते बनाएको थियो।

उहाँको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरी निरीक्षकले जानकारी दिनुभयो।