२०८१ बैशाख २९ , शनिवार

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । रासस