२०८१ बैशाख २९ , शनिवार

उद्योग वाणिज्य दिवस एवं महासंघको ५८औं साधारण सभा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबध्ता खोजिने भएको छ ।

२०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको महासंघले जनाए । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको छ ।

यस पटकको साधारण सभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहनु भएको छ । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी भएको  महासंघले जनाएको छ ।