२०८१ बैशाख २७ , बिहिवार

अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै, नेपालमा असर नपर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अप्रिल ८ तारिख अर्थात् चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् ।तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन ।

वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले सूर्यग्रहणको असर नेपालमा नपर्ने र नेपालबाट नदेखिने बताए ।

मेस्किको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव देखिन्छ तर नेपालसहित एसियाली मुलुकमा भने सूर्यग्रहणको असर देखिँदैन ।’