२०८१ बैशाख २७ , बिहिवार

एमाले सोलुको अध्यक्षमा बास्तोला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न आठौं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष बास्तोला अर्को कार्यकालका लागि भारी मतसहित विजयी हुनुभएको हो ।

उहाँले दुई सय ५५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले एक सय २५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा आशकुमार राई दुई सय ७७ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी रामकाजी श्रेष्ठले ८९ मत प्राप्त गर्नुभयो । सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् ।

उपसचिव खुलाका लागि पाँच जना र महिला उपसचिवका लागि चार जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । ९० सदस्यीय जिल्ला कमिटी चयनका लागि चार सय २० जनाले मतदान गरेका थिए । गत शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि शनिबार निर्वाचन भएको हो ।  रासस