२०८१ बैशाख २० , बिहिवार

काठमाडौं महानगरपालिकामा आजदेखि गरिब गणना सुरु

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार आजदेखि  काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ ।

काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।