२०८१ बैशाख २० , बिहिवार

मन्त्रीहरूले अव अब प्रधानमन्त्रीलाई दैनिक ब्रिफिङ गर्नुपर्ने

cabinet-new

सुनाखरी न्युज/ काठमाडौ।

मन्त्रीह्ररुले अबदेखि प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको अनुभव सुनाउँदै प्रधानमन्त्री प्रचण्डले यो स्थिति अन्त्य गर्ने प्रयास भइरहेको बताए । राजनीतिक नेतृत्व र कर्मचारीले एक अर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने विश्लेषण मन्त्रिपरिषद् बैठकमा भएको थियो ।