२०८१ जेठ ४ , शुक्रवार

महिला सशक्तीकरणका लागि ‘सक्षम नारी ४.०’ को समापन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

महिला सशक्तीकरण र उत्थानका लागि डीभी एजुकेशन ग्रुपले सञ्चालन गरेको ‘सक्षम नारी ४.०’ अभियानको शनिवार समापन गरिएको छ । मार्च २६ मा शुरू भएको अभियान सफल र उत्साहका साथ सम्पन्न भएको संस्थाले बताएको छ । विभिन्न पृष्ठभूमिका महिलालाई उनीहरूमा शीप र ज्ञान बढाउन सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको बताइएको छ ।

अभियानमा सुनगाभा नेपाल, साथी संस्था, एबीसी नेपाल, गेट संस्था, ल ढोका नारी घर, अपर्चुनिटी भिलेज नेपाल, फन प्ले लर्न संस्था र उन्नती फाउन्डेसन सक्षम नारी ४.० मा जोडिएका थिए । अभियानले महिलाको वृत्ति र विकासका लागि अवसर प्रदान गरेको बताइएको छ ।

अभियानअन्तर्गत डीभी एजुकेशनको शुभश्री कलेज अफ म्यानेजमेन्टले विभान्ता काठमाडौंसँगको साझेदारीमा पेस्ट्री र बेकरीमा कार्यशाला आयोजना गरेको थियो । त्यस्तै मेकअप र पर्सनल ग्रुमिङसम्बन्धी प्रशिक्षण सत्र आयोजना गरिएको थियो । ब्यूटी बार एण्ड एकेडेमीले महिलाहरूलाई आत्म–विश्वास र व्यावसायिक सीपमा सशक्तीकरण गरिएको बताइएको छ ।सोही अवसरमा ट्रिटन सेकेन्डरी स्कुल तथा कलेजले राष्ट्रिय क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा प्राथमिक उपचारसम्बन्धी तालिम दिइएको थियो ।

ट्रिटन सेकेन्डरी स्कुलले सो अवसरमा मोन्टेश्वरी प्रशिक्षण तालिम प्रदान गरिएको छ । जसबाट प्रारम्भिक बाल्यकाल शिक्षा र भविष्यका पुस्ताहरूको पालनपोषणको महत्वलाई जोड दिइएको थियो । सोही अवसरमा शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले धुलिखेल नगरपालिकासँग साझेदारीमा महिलाहरूलाई डिजिटल साक्षरता र उद्यमशीलता सशक्तीकरणसम्बन्धी कार्यशाला गोष्ठी गरेको थियो ।

अभियानको समापन समारोहमा प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा ‘प्यानल डिस्कसन’ गरिएको थियो । छलफलमा ओहो केकका सीईओ सन्तोष पाण्डे, सुनगाभा नेपालका प्रबन्ध निर्देशक रेणुका मानन्धर, एनडीएम कर्पोरेट सोलुसनका परामर्शदाता निदा दून–मल्ल, मिस नेपाल २००० उषा खड्गी लगायत सहभागी थिए ।डीभी ग्रुपका प्रबन्ध निर्देशक तरुणप्रताप शाहले नेपाली महिलाको आर्थिक शसक्तीकरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको बताए ।