२०८१ जेठ ४ , शुक्रवार

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नीग्रुप – बालाजु अटो वर्कसले २९मार्च, २०२४मा, बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक – अर्जुन प्रसाद शर्मार एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्निग्रुप, नेटवर्क्सका सम्मानित अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध  निर्देशक – अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका बिभाग प्रमुखहरु द्वारा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्निआस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाइएस्तm- Track अपइनरोलमेन्ट – अग्नि आस्था, इटहरी, हाई पफर्मर – अग्निआस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लिले जित्न सफल भएको थियो

साथै म्यनाजर्स मीट २०२४मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशीपजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई उहाँहरूको मूल्यवान योगदानका लागि सम्मानित गरिएको थियो । समारोहले उत्कृष्टताप्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरिएको थियो ।

कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे। उहाँले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका बताए ।