२०८१ बैशाख १६ , आइतवार

‘हीरामन्डीः द डायमन्ड बजार’ को रिलिज मिति घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

सञ्जयलीला भन्सालीको आगामी वेब सिरिज ‘हीरामन्डीः द डायमन्ड बजार’ को रिलिज मिति घोषणा गरिएको छ। बिहीबार निर्माण टिमले १ मे २०२४ बाट नेटफ्लिक्समा रिलिज गर्ने बताएका हुन्।

सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।

यो सिरिज ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा आधारित छ। फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’ को सेट जहाँ बनाइएको थियो, त्यही नै ‘हीरामन्डी’ को सेट बनाइएको हो।