२०८१ बैशाख ३० , आइतवार

राष्ट्रियसभामा मनोनीत शाक्यले लिइन् शपथ

Capture

सुनारी न्युज/ काठमाडौं ।

राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए ।

शपथ ग्रहणपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।