२०८१ बैशाख १६ , आइतवार

छाउनीमा एक डाक्टर मृत भेटिइन्

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् ।

झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पुर्‍याएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। प्रतिभाका श्रीमान पनि डाक्टर हुन्।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अधिकारीले बताए ।३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।