२०८१ बैशाख १७ , सोमवार

माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु, तीनजना घाइते

death

 

 

सुनाखरी न्युज  / काठमाडौं ।

डोटीमा माटोको ढीस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर शिखर नगरपालिका–९ छोया बस्ने २२ वर्षीया निर्मला रोस्याराको शनिबार मृत्यु भएको हो ।

 

आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओभाको आइतबार दिउँसो अढाई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।घाइते हुनेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीया दिपा रोस्यारा, १९ वर्षीया लक्ष्मी रोस्यारा र ४० वर्षीया सुना भुल रहेको प्रवक्ता श्रीवास्तवले जानकारी दिए । घट्नाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिल तालीबाट प्रहरी टोली खटिएर उद्धार गरिएको थियो ।