२०८१ बैशाख १७ , सोमवार

चार्ज गरिरहेको स्मार्टफोन अचानक विस्फोट हुँदा भारतमा ४ जनाको मृत्यु

charge phone

 

सुनाखरी न्युज / काठमाडौं ।

मोबाइल चार्ज गर्ने क्रममा विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । भारतको मेरठस्थित मोदीपुरममा शनिबार राति उक्त घटना भएको हो ।ओछ्यान र झ्यालको पर्दामा सल्किएको आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पाँच वर्षीय कल्लु, ६ वर्षीय गोलु, ८ वर्षीय निहारिका र १२ वर्षीय सारिकाको मृत्यु भएको हो ।उनीहरूका पिता जोनी र आमा बबिताको भने उपचार भइरहेको छ ।

 

चार्जमा जोडेर मोबाइलमा गेम खेलिरहेको अवस्थामा अचानक विस्फोट भएको उनको भनाइ छ ।