२०८१ बैशाख १९ , बुधवार

सरकारको नाममा ल्याइयो बाँसबारी छाला जुत्ता कारखानाको जग्गा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

‘मालपोत ऐनको दफा २४ अनुसार हामीले उक्त जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं ।’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।