२०८१ बैशाख २५ , मंगलबार

वित्तीय शिक्षा पाठ्यक्रममा नै अनिवार्य गर्ने तयारी भइरहेको छः गभर्नर अधिकारी

Maha Prasad

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताएका छन् ।

‘ग्लोबल मनी विक–२०२४’ उद्घाटन गर्दै सोमबार स्कुल तहदेखि नै वित्तीय शिक्षामार्फत बचत र लगानीको बानी विकास गर्ने वित्तीय शिक्षा अनिवार्य गर्न लागिएको बताए ।

 

उनले लगानी र बचतको बानी विकास गर्न वित्तीय शिक्षा अत्यावश्यक रहेको बताए । ‘फाइनान्सियल इन्क्लुजनका लागि वित्तीय साक्षरता विश्वभरि नै अवरोधका रूपमा रहेको छ,’ उनले भने, ‘ग्लोबल मनी विकका माध्यमबाट विश्वभरि नै वित्तीय चेतना बढाउने काम भइरहेको छ ।’

यस वर्ष ‘प्रोटेक्ट योर मनी सेलेक्ट योर फ्युचर’ भन्ने नारासहित विश्वभरि नै ग्लोबल मनी विक मनाइरहेको उनले बताए ।