२०८३ जेठ १० , आइतवार

महरालाई  हिरासतमा राख्न सरकारी वकिलको माग

Capture

सुनाखरी न्युज/ काठमाडौं।

 

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई जिल्ल अदालत पुर्‍याइएको छ ।सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ७ दिन हिरासतमा राख्न अनुमति माग्ने सरकारी वकिलको तयारी छ । महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

म्याद थप भएको अवधिमा उनीबारे विस्तृत अनुसन्धान हुने सीआईबी प्रमुख एआईजी श्याम ज्ञवाली बताउँछन् ।