२०८१ जेठ ६ , आइतवार

ग्लोबल आईएमई बैंकमा लुटपाट, कर्मचारीमाथि गोली प्रहार

global-ime-bank

 

सुनाखरी न्युज / काठमाडौं।

रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । रौतहटको परोहा नगरपालिका ९ खापचोकस्थित बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । लुटपाटको क्रममा बैंकका कर्मचारीमाथि गोली प्रहारसमेत  भएको छ  ।

 

ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरू ट्रान्सफर लुटेर गोली प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपीले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन् ।