२०८१ बैशाख २५ , मंगलबार

सरकारको नीति तथा कार्यक्रमलाई आज अन्तिम रुप दिने कार्यदलको तयारी

Bishnu Poudel

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले त्यसलाई आज  अन्तिम रुप दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ ।

त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ ।

 

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक विहीबार पनि बसेको थियो । सो बैठकपछि कार्यदल सदस्यहरुले नीति तथा कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिने बताएका थिए ।

 

सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गत फागुन २७ गते सत्ता गठबन्धनका दलहरुले १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबाट २-२ जना सदस्यहरु छन् ।