२०८३ जेठ १० , आइतवार

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते काठमाडौंमा हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारण सभा यहीचैत ३गते शनिवार काठमाडौंको होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ।साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए।

महाधिवेशन तथा वार्षिक साधारण सभामा देशभरबाट तीनसय भन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने र कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको महासचिव श्रेष्ठले जानकारी दिए।

राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारालाई आत्मसात गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको समस्याका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो अहिले महासघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन्।छैठौं महाधिवेशन तथा१५ औ वार्षिक साधारण सभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ।नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ।

छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारण सभामा देशभरबाट ढुवानी व्यवसायीहरुका साथै अन्य संघसस्थाका प्रतिनिधि उद्योगी व्यवसायीहरुको समेत सहभागीता रहने महासंघले जनाएको छ।साथै वार्षिक साधारण सभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यन गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ।