२०८१ बैशाख १७ , सोमवार

सुन जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका-३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका-५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।