२०८१ जेठ ५ , शनिवार

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका उम्मेदवार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

Capture

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

गलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो ।

शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।अहिले दाहालको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।